३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

बर्दियाको वडा कार्यालयमा चोरी गर्ने ८ जना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७

 

(महेन्द्र सिंह)
बर्दिया । बर्दियामा वडा कार्यालय चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका १ को वडा कार्यालयमा रहेको ३ थान कम्प्युटरका सहितका सामाग्री चोरेको आरोपमा बिहीबार ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका गाउँपालिका १ का २३ वर्षीय यामबहादुर बिसी, २२ वर्षीय कमल खड्कासहित १ बालक र अन्य रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!