१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

एकताको सन्देश लिएर गाउँ पस्यो नेकपा

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०७५

‘ नजिकिदै कार्यकर्ता’

सलिम अन्सारी,प्युठान

एक समय दुई दल बिच सैद्धान्तिक रुपमै चर्को मतभेद थियो। एकअर्कालाई ‘सिध्याउने’ सम्मको टकराव चल्थ्यो । कार्यकर्ताहरुमा समेत यहि द्धन्द थियो, एकले अर्कोलाई सत्तोसराप गर्थे । एमालेले माओवादीलाई लामो समयसम्म उग्रवामपन्थीको बिल्ला भिराइरह्यो भने माओवादीले एमालेलाई दक्षिणपन्थी । यही आरोप प्रत्यारोपमा लामो समय दुई पार्टीले बिताए र एकले अर्कालाई ‘सकेसम्म सिध्याउने’ रणनीति अख्तियार गरे । तँ ठूलो कि म ठूलो यहि शक्ति स्थापीत गर्ने होड समेत नचलेको होइन । भोट बैंक एउटै भएकाले एउटाले अर्कालाई ‘नसिध्याउँदासम्म’ आफ्नो अस्तित्व नरहने बुझाइ दुवै पार्टीमा रह्यो । त्यसैले कम्युनिस्ट इतरशक्तिसँग मिलेर दुवै दलले एकअर्कालाई कमजोर पार्ने रणनीति बनाए ।

तर पछिल्लो समय दुवैले राजनीतिक शक्ति हासिल गर्न एकअर्काको आवश्यकतालाई महसुस गरे । अब यी दुई दल नेपाल कम्युनिष्ट्र पार्टिको एउटै ब्यानरमा जोडिएर शक्तिसाली दल बनेका छन । फरक धारको राजनीतीवाट उदाएका दुई ठुल कम्युनिष्ट्र पार्टी नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच केन्द्रीय स्तरमा एकीकरण भएपछी स्थानीय,गाउँ तथा वडाहरुमा समेत एकताको सन्देश सहितका कार्यक्रम हुन थालेका छन । पार्टी एकताको सन्देश तल्लो तह सम्म लैजाने उद्ध्श्य सहित प्युठानमा नेकपाका नेताहरु गाउँ पसेका हुन । बिगतमा एकअर्कालाई सत्तोसराप गर्ने एमाले माओबादी नेता तथा कार्यकर्ता एक आपसका पुराना कुराहरु भुलेर स्वतहस्फुर्त रुपमा एउटै मन्च तथा भेलाहरुमा देखिन थालेका छन । राजनितीमा दुस्मन अस्थायी हुन्छ भन्दै दुई पार्टी मिलेपछि कार्यकर्ताहरुले सामाजिक संजाल र भेट्घाटका बेला सम्म एकआपसमा साथी साथीको संज्ञा दिदै खुसी साट्न थालिएको छ । दुवै पार्टिका नेता तथा कार्यकर्ता बिच परिचयात्मक कार्यक्रम गर्ने,स्थानिय स्तरमा भएका समस्या बुझ्ने र जनप्रतिनिधीलाई जनताप्रती उत्तरदायी हुन समेत आग्रह गर्दै सामुहिक गतिबिधी सुरु भएको नेताहरुले बताएका छन ।

बिहिवार सरुमारानी-४ स्थित पर्यटकियस्थल रानिकुवामा आयोजित भेलामा पुर्व सभासद धन बहादुर रायमाझीले एकतापछी कम्युनिष्ट्र आन्दोलन बलियो भएपनी विभिन्न चुनौती थपिएको बताए। उनले केन्द्र देखि प्रदेश सम्म जताततै कम्युनिष्ट्रकै बहुमत भएकाले अब चुनाबी घोषणा अनुसार काम गर्नुपर्नेमा जोड दिए । त्यस्तै अर्का पुर्व सभासद नारायण प्रसाद अधिकारीले दुई पार्टिको एकताले कम्युनिष्ट्र आन्दोलनले नयाँ ईतिहास रचेको उल्लेख गरे ।उनले दुई पार्टी हुँदा भएका बिवाद,मनमुटावलाई इतिहासमा सिमित गर्न कार्यकर्तालाई निर्देशन दिए ।।नीति र सिद्धान्तमा मात्र एक भएर हुदैन नेता अधिकारिले भने मन भत्काउँ,मनको एकता ठूलो कुरा हो । हामी बिच हार्दिक्ता बढ्नु जरुरी छ ।
यसरी बिगतमा फरक फरक एजेण्डा बोकेर जनताको घरदैलोमा पुग्ने नेताहरु अहिले मिलेर संगसंगै गाउँ आउदा खुसी लागेको कार्यकर्ताहरुको प्रतिक्रीया छ ।। बिध्यार्थी नेता बिनोद भण्डारीले केन्द्रमा पार्टी एकीकरण भएपछी जनतामा उत्साह थपिएको बताउदै भने तल्लो तहसम्म एकताको भाव सम्प्रेषण गर्ने र संगठनलाई थप चलायमान पार्न हामी सक्रीय भएका हौं । पार्टी एकताको जनताले स्वागत गरेका छन ।उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!