२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

राजपुरमा सव डिभिजन वन कार्यालय स्तरीय वन डढेलो नियन्त्रण सम्बन्धि गोष्ठी सम्पन्न

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७

 

मेगमन बुढा

दाङ । देउखुरीको राजपुरमा सव डिभिजन वन कार्यालय स्तरीय वन डढेलो नियन्त्रण सम्बन्धि एक दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

गंगदी सव डिभिजन वन कार्यालयको आयोजनामा मंगलबार स्वीकृत वार्षिक कार्यक्रम अन्तरगतको सव डिभिजन वन कार्यालय भित्रका २५ वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाई वनमा डढेलो लाग्न नदिनको लागि पुर्व तयारी कसरी गर्ने,कुनै कारण वन जंगलमा डढेलो लागे सो डढेलोलाई कसरी नियन्त्रण गर्ने,लगायत वनको महत्त्व र वन एन सम्बन्धि प्रोजेक्टको माध्यमद्वारा प्रशिक्षण दिइएको थियोे ।

देउखुरी डिभिजन वन कार्यालयका साहयक वन अधिकृत राम गोपाल चौधरीको अध्यक्षता तथा देउखुरी डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत बेसिन्द्रराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त गोष्ठी कार्यक्रममा वनको महत्त्व बारेमा र डढेलो सम्बन्धि डिभिजनल अधिकृत सुवेदीले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको हो ।

त्यस्तै उक्त गोष्ठी कार्यक्रममा अन्य वन डढेलो र वन एन २०७६ बारेमा सहभागी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाई देउखुरी डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रेमिलाल प्रसाद र गंगदी सव डिभिजन वन कार्यालयका प्रमुख दिपक कुमार चौधरीले संयुक्तरुपमा प्रशिक्षण दिनु भएको थियो ।

यस्तै सहभागीको तर्फबाट गंगदी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिपक कु.चौधरीले यो गोष्ठी कार्यक्रम एकदमै फलदायी र सामुदायिक वन उपभोक्ता समुहलाई टेवा पुग्ने खालको जनचेतनामूलक कार्यक्रम रहेकोले आगामी दिनमा सो कार्यक्रमको निर्धारित समय अढाएर उक्त कार्यक्रम व्यापक रुपमा संचालन गर्नु पर्ने माग राख्दै कार्यक्रममा सहभागी सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन प्रकट गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालयका सूचना अधिकृत प्रेमिलाल प्रसादले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।