२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

राष्ट्रपति बिध्यादेवी भण्डारीले ६३३ जनालाई विभूषित सम्मान गर्दै

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७

 

ABC Sanchar
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने भएकी छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा आज बिहान १० बजेदेखि हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्ने भएकी हुन् ।

महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी‚ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गर्न लागिएको हो। त्यस्तै‚ २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा सुशोभन गर्ने भनिएकोमा कार्यक्रम स्थगित भएपछि रोकिएका ४५० जनालाई पनि आज पदक वितरण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्री पोखरेलको अध्यक्षमा गृहमन्त्री रामबहादुर थापा, प्रा.डा. मीना वैद्य मल्ल, प्रा.डा. इन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ र गृह सचिव महेश्वर न्यौपाने सदस्य रहेको विभूषण समितिको बैठकले विभूषित हुने व्यक्तिहरुको नाम तय गरेको हो।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई विभिन्न मानपदवीबाट विभूषित गरिँदै आएको छ। तर‚ पछिल्लो समय मानपदवी वितरणमा व्यक्तिगत स्वार्थ र राजनीति हावी भएको भन्दै कतिपय व्यक्तिले मानपदवी बहिष्कार गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।