०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

कैलालीको अबरुद्ध राजमार्ग सडक खुल्यो मृतकका आफन्तबीच सहमतिपछि

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

(सर्मिला बोगटी)
धनगढी । कैलालीको स्याउलेमा अवरुद्ध राजमार्ग सुचारु भएको छ। बालकको मृत्यु पछि स्थानियले गरेको अबरुद्ध सडक करिब ३ घण्टा पछि सुचारु भएको हो।
मृतकका आफन्त र प्रहरीबिच ठक्कर दिने मोटरसाईकल, चालकको खोजी गर्ने सहमति भएपछि राजमार्ग सुचारु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
यसैबिच घटनाको देषि पत्ता लगाई कारवाही गर्न दवाव दिन र पिडीतलाई क्षतिपुर्ति उपलब्ध गराउन समिति गठन गरिएको छ।
प्रहरीले ३ दिन भित्रमा दोषि पत्ता नलगाए थप आन्दोलनका कार्यक्रम गर्ने सघर्ष समितिका संयोजक कर्ण बोगटीले बताएका छन।शुक्रबार शाझ गोदावरी नगरपालिका –८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वार्षिय प्रीन्स जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!