२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

अनियमिमता भएको भन्दै वडाध्यक्ष र सदस्यद्वारा नगरपालिकामा तालाबन्दी

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८


(ABC Sanchar)
सिरहा । व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन् ।

नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले बताए ।

कल्याणपुर नगरपालिकाका नौ वडाध्यक्ष तथा आठजना कार्यपालिका सदस्यले सामूहिक रुपमा ११ बुँदे माग अघि सार्दै नगर नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए ।

चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतको भुक्तानी गर्न नसकेकोले आफूलाई स्थानीयवासीले पटकपटक वडा कार्यालयमा गइ विभिन्‍न किसिमको आरोप लगाइने गरेको र आफूहरूलाई वडा कार्यालय सञ्चालन गर्न समेत कठिनाइ भइरहकाले बाध्य भएर तालाबन्दी गर्नु परेको कल्याणपुर नगरपालिका-१ वडाध्यक्ष जयराम कामतीले बताए ।

कार्यबाहक नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजना कमिसनको खेलमा आसेपासेलाई जिम्मा दिई आफूखुशी सञ्चालन गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]