२७ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

दाङमा कोरोनाले एक स्टाफ नर्सको मृत्यु

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८


(ABC-Sanchar)
दाङ । कोरोना भाइरस संक्रमणका कारण सोमबार दाङमा कार्यरत एक स्टाफ नर्सको मृत्यु भएको छ।

राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ की उनले करिब साढे दुई महिना पहिले मात्रै छोरीलाई जन्म दिएकी थिइन्।

तुलसीपुर ६ स्थित माइतीमै सुत्केरी बिदा बसेको समयमा उनलाई वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार योसहित तुलसीपुरमा कोरोनाका कारण हालसम्म २५ जनाको मृत्यु भइसकेको छ।

वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भएको केसीले जानकारी दिए।

सोमबार बिहान साढे १० बजे उपचारका क्रममा उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको स्रोतले जनाएको छ। केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्। उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस […]

काठमाडौं । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था […]

error: Content is protected !!