२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वीरगञ्जमा प्रहरीले (मास्क) नलगाएर हिड्ने ४४२ जनालाई १०० जरिवाना कार्वाही

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८


(रबि कुमार बर्णवाल)
वीरगञ्ज । स्थानीय प्रशासनले बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई कार्वाही गर्ने सुरु गरेको छ । साेमबार मात्र वीरगञ्जमा विना मास्ककाे भेटिएका ४ सय ४२ जनालाई कारवाही गरिएकाे छ ।

वीरगञ्जमा मूख्य सडकमा विना मास्क निस्केका ४ सय ४२ जनालाई एक सय रुपैयाँको दरले जरिवाना गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठकाे नेतृत्वमा वीरगञ्जकाे घण्टाघरमा खटेकाे प्रहरी टाेलीले विना मास्क निस्केकाहरुलाई कारवाही गरेकाे थियाे । जुन टाेलीमा ट्राफिक प्रहरी र नगर प्रहरीकाे समेत सहभागिता रहेकाे थियाे ।

संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुल नलगाउँनेलाई कारवाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर एक पटकको लागि सय रुपैयाँ जरिवाना तिराउँने र समझाईबुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

सोमबार बिहानैदेखि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाको घण्टाघर चौक, माइस्थान, भानुचौक, रानीघाट लगायतको ठाउँमा मास्क बिना हिडेकाहरुलाई कारवाही गरेको थियाे ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण सिमावर्ती जिल्ला पर्सा र बाराको अवस्था भयावह बनिरहेको बेला स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न यस्तो गरिएको छ ।

प्रशासनले महामारीको प्रभावबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै भिडभाड नगर्न प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]