१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

बाँके जिल्लामा ९ गतेदेखि एक हप्ताको लागि लकडाउन

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

(महेन्द्र  प्रताप सिंह)
बाँके । दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढिरहेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।
बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी छन् । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताउनुभयो । डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा दुईमत देखिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने बताउनुभयो ।
कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ ।
डीसीसीएमसीको बैठकमा राजनीतिक दल, नेपालगञ्ज उद्योग बाणिज्य संघ, चिकित्सकलगायतको उपस्थिति थियो । चिकित्सकहरुले केही दिनदेखि नै लकडाउन गर्न जोड गरिरहेका थिए । अहिले बढिरहेको संक्रमणको चेनलाई ब्रेक गर्नुपर्ने चिकित्सकहरुको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]