०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

३८ हजार चितवनका भूमिहीनले दिए आयोगमा निवेदन

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

(राकेश श्रेष्ठ)
चितवन । जिल्लाका सात पालिकाका ३८ हजार घरपरिवारले भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् । १५ हजार ६७९ भूमिहीन र २३ हजार १४२ अव्यवस्थित बसोवासीले निवेदन दिएका हुन् ।

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भए पश्चात् गत चैत मसान्तसम्ममा पालिकामार्फत फाराम भरेका छन् । आयोगका जिल्ला अध्यक्ष यादवप्रसाद पाठकका अनुसार भरतपुर महानगरपालिकामा चार हजार ८५८ अव्यवस्थित बसोवासी र पाँच हजार ५२ सुकुम्वासीले फाराम भरेका छन् । त्यसैगरी रत्ननगर नगरपालिकामा ९९९ अव्यवस्थित र एक हजार ३९९ सुकुम्बासी, खैरहनी नगरपालिकामा दुई हजार २२८ अव्यवस्थित र एक हजार ३५ सुकुम्बासीले फाराम भरेका छन् ।

त्यस्तै राप्ती नगरपालिकामा पाँच हजार ७७७ अव्यवस्थित, तीन हजार २५० सुकुम्बासी, कालिका नगरपालिकामा तीन हजार ६८५ अव्यवस्थित र एक हजार ९३५ सुकुम्बासी, माडी नगरपालिकामा तीन हजार १७९ अव्यवस्थित र दुई हजार २७४ सुकुम्बासी तथा इच्छाकामना गाउँपालिकामा दुई हजार ४१६ अव्यवस्थित बसोवासी र ७३४ सुकुम्बासीले फाराम भरेका आयोगका जिल्ला अध्यक्ष पाठकले जानकारी दिए ।

त्यसैगरी अधुरा कार्य सम्पादनमा ३५ दिने सूचनाअनुसार जिल्ला समितिमा तीन हजार ६२१ ले फाराम भराएका छन् । स्थानीय पालिकाको वडा कार्यालयमार्फत सो फाराम सङ्कलन भएको र सोको निर्णय वडा र सम्बन्धित पालिकाले गरी आयोगको कार्यालयमा आउने उनले जानकारी दिए ।

सुकुम्बासी र अव्यवस्थित बसोवासीको निवेदन उपर स्थानीय वडा, पालिकाले जाँच बुझ गर्ने र आवश्यक परेमा आयोगले छानविन गरी जग्गा उपलब्ध गराउने कार्य अगाडि बढाइने उनले जानकारी दिए। नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट जिल्लामा बि.सं. २०७७ साल माघ २४ गतेदेखि आयोग गठन भएको हो । जिल्लाका शहरी क्षेत्रमा ठूलो सङ्ख्यामा भूमिहीन रहेका छन् । उनीहरुले वन तथा सार्वजनिक जग्गामा घर टहरा निर्माण गरी बस्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कतिपय क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सुडानी । स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ । नेटवर्कले यो मृत्यु सङ्ख्या […]

  डडेल्धुरा । गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका–३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले प्रहार गरेको गोलीबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी […]

  दाङ । आज दिउँसो करिब साढे दुई बजेतिर घोराही उपमहानगरपालिका १० गुर्जेखोलामा रा १ ख ११५६ नं.को बसले विपरित दिशा तर्फ आउँदै गरेको रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते हुनेमा मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका ३ का ४० वर्षिय जहरे […]

error: Content is protected !!