२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्युठानमा लागु औषध नष्ट गरियो

Logo
प्रकाशित सोमबार, आषाढ ०४, २०७५

सागर रिजाल,प्युठान,४ असार ।
प्युठानमा लागु औषध नष्ट गरिएको छ । गत जेठ २३ गते दिउँसोको समयमा प्रहरी चौकी ढुङ्गेगढी प्युठनबाट खटिएको गस्ती टोलीले सरुमारानी गाउँपालिका वडा नंम्बर २ पौडेल पेट्रोलपम्प नजिकै संस्कासपद अवस्थामा लागुऔषध फेला पारेको थियो । स्वर्गद्धारी दर्शनका लागि कास्की जिल्ला लेखनाथ महानगरपालिका वडा नंम्बर १७ बस्ने ३१ वर्षिय अमित ताम्राकारलाई चेक गर्दा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । ताम्राकारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
ताम्रकारको साथबाट नोपिन नामक लागुपदार्थ ८ थान, डाईजेपेम सिरज्याक नामक लागुपदार्थ ८ थान र फेनेगर नामक लागुपदार्थ ७ थान गरि २३ थान लागुपदार्थका २ एमएल भरी सिसा फेला पारेको थियो ।

फेलापरेको २३ थान लागुपदार्थ मध्ये ९ थानलाई नमुना परिक्षणका लागि पठाईएको र बाकी १४ थान लागुपदर्थका सिसालाई जिल्ला अदालतको प्रारङ्गणमा खाडलमा फुटाई गाडेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । जिल्ला अदालतका प्रतिनीधि, जिल्ला प्रशासनको प्रतिनीधि, मल्लरानी गाउँपालिकाको प्रतिनीधि र पत्रकारको रोहवरमा लागुपदार्थका सिसालाई नष्ट गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!