०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

कोरोनाको दोस्रो लहरले होटलमा गरिएका बुकिङहरु धमाधम रद्द

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८


(ABC-Sanchar) काठमाडौं । कोभिड १९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटकबाट आत्मनिर्भर बन्न लागेको सौराहाका पर्यटकीय होटल दोस्रो लहरको सङ्क्रमणबाट प्रभावित हुन थालेको जानकारी दिए ।

“कोरोनाले थला परेको पर्यटन व्यवसायमा आन्तरिक पर्यटकले राहत दिएको थियो अहिले यसको दोस्रो लहरको सङ्क्रमणसँगै होटलमा गरिएको बुकिङ रद्द हुन थाले”, उनले भने ।

व्यवसायीहरूका अनुसार ११० होटलमा छ हजार पाँच सय बेड रहेको सौराहामा दुई महिनायता ४० प्रतिशतभन्दा बढी अकुपेन्सी थियो । यो अकुपेन्सी सौराहाको सामान्य अवस्थाको अकुपेन्सी हो ।

“सोमबार सरकारले सूचना जारी गरेसँगै होटलको अकुपेन्सी ह्वात्तै दस प्रतिशतभन्दा तल झर्यो”, अध्यक्ष भट्टराईले भने, “भएका कार्यक्रम पनि धमाधम रद्द भइरहेका छन् ।”

व्यवसायीहरूका अनुसार सौराहाको पर्यटनमा ३३ अर्ब रुपियाँ बराबरको लगानी छ । पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने गरेको छ । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश […]

  काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]

मेष राशि – आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । […]

error: Content is protected !!