२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पर्सा प्रहरीले मास्क नलगाउने २८९ जनालाई १०० जरिवाना कार्वाही

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८


(रवि कुमार वर्णवाल)
वीरगञ्ज । पर्सा प्रहरीले कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएको भन्दै मास्क नलगाउने २ सय ८९ जनालाई प्रहरीले कारवाही गरेको छ ।

संक्रमितको संख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै पर्सा प्रहरीले बिना मास्क घर बाहिर निस्किेन व्यक्तिलाई दण्डित गर्न शुरु गरेको हो । यसअघि सोमबार ४ सय ४२ जनालाई कारवाही गरेको पर्सा प्रहरीले मंगलवार २ सय ८९ जनालाई कारवाही गरेको हो ।

वीरगञ्जको मूख्य सडक, मुख्य चौकसहित पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी युनिटहरुले बिना मास्क हिँडडुल गर्नेलाई कारवाही गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

डिएसपी खनालका अनुसार संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन मास्क नलगाउनेलाई कारवाही गर्ने कार्य अघि बढाएको हो ।बिना मास्क बजारमा भेटिएकाहरुलाई नियन्त्रणमा लिई एक पटकको लागि एक सय रुपैयाँ जरिवाना तिराउने र सम्झाईबुझाई गरी अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छोड्ने गरेको खनालको भनाई छ ।

 

स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न कारवाही गर्ने अभियान थालिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

कोरोना भाइरसको महामारीबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै भिडभाड नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]