१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

मास्क अनिवार्य लगाउन अभियान लिएर inspector बुढाथोकी सडकमा

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८

(सागर थापा) बुटवल । बुधबार बुटवलको बजारमा चर्को घाममा उभिएर सर्बसाधारणलाई तपाईंको मास्क खोइ अनिवार्य लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्क´भन्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकी सहितको प्रहरी टोली बुटवल बजारको मुख्य चोक चोकमा  ! कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ । मास्क अनिवार्य लगाउन अनुरोध गर्दै प्रहरी निरीक्षक बुढाथोकीले आफै नै नेतृत्व गरेर विभिन्न ठाँउहरुमा मास्क वितरणबाट अभियान सुरुवात गर्नु भएको हो । निरीक्षक बुढाथोकी नै निस्किएर यो अभियानमा प्रत्येक पसलमा र सर्बसाधारणलाई मास्क लगाउन आग्रह गर्दै लापरबाही नगर्न आग्रह गर्नु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।

(एबिसि संचार ) कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन्। 

(एबिसि संचार ) कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ। डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो। डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि आक्रमण गरेको बताए। बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो।