२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सिरहाको राजमार्गमा कार र विङ्गर ठोक्किँदा ७ जना घाइते

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

 

(रवि कुमार वर्णवाल)
सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ७ पुरानो चोहर्वामा कार र विङ्गर एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम गइरहेको ना १ ज ८८८५ नम्बरको विङ्ग र विपरित दिशाबाट आईरहेको प्र ३–०१–०२२ च २५३६ नम्बरको कार राति एक आपसमा ठोकिँदा कारमा सवार दुई जना र विङ्गरमा सवार ५ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक ९ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राइले जनाएका छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । विङ्गरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]