२९ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

भारतको अस्पतालमा अक्सिजन चुहावट हुँदा २२ बिरामीको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८


(ABC-Sanchar)
मुम्बई । कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा. जाकिर हुसैन अस्पतालमा चुहावटका कारण भेन्टिलेटरमा रहेका विरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावको सामना गर्नुपर्दा यो त्रासदीपूर्ण घटना भएको हो ।

नासिकमा रहेको उक्त अस्पताललाई अक्सिजन आपूर्तिका लागि राखिएको ट्याङ्करमा करिब आधा घण्टा चुहावट भएको र यसका कारण अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीको मृत्यु भएको स्थानीय अधिकारी सूरज मन्धारेले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताए । उक्त समस्याका कारण करिब ६० गम्भीर बिरामीको स्वास्थ्यमा प्रभाव परेको बताइएको छ ।

‘आधा घण्टाभित्र अक्सिजन आपूर्तिलाई सञ्चालनमा ल्याइसकिएको र अहिले चुहावट भएको ट्याङ्कीबाट अक्सिजन आपूर्ति भइरहेको छ,’ मन्धारेले भने ।

घटनापछि अस्पतालमा विरामीका शोकाकुल आफन्तहरू जम्मा भई अस्पताल प्रशासनको लापरबाहीप्रति विरोध जनाएका थिए । अस्पतालमा रहेका १७० विरामीमध्ये केहीलाई घटनापछि उनीहरूका आफन्तहरूको पहलमा अन्यत्र लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् एक सन्देश लेख्दै भने, ‘भारतको कोभिड–१९ बाट प्रकोपको केन्द्रबिन्दु महाराष्ट्र राज्यमा भएको अक्सिजन चुहावटपछि विरामीको मृत्यु भएको भनिएको घटना हृदयविदारक त्रुटी हो । राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गर्दै शीघ्र छानबिनको लागि निर्देशन दिएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । विजयनगर गाउँपालिको वार्ड ३ को वृद्धहरूलाई कम्बल र खेलाडी लाई खेल सामाग्री उपहार दिएर सम्मान गरिएको छ । अहिलेका पुस्ताले वृद्ध नागरिकहरूलाई खासै वास्ता नगर्ने र बाबुआमालाई समेत बृद्धाश्रममा लैजान पछि नपर्ने प्रवृत्ति बढेका कारण युवा पुस्तामा ज्येष्ठ नागरिकप्रतिको श्रद्धाभाव प्रकट गर्न वडाले कम्बल उपहार वितरण गरेको हो। विजयनगर ३ का वडाध्यक्ष हिर्दय […]

  काठमाडौं । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालतमा उपस्थित भएका पूर्व गृहमन्त्री लामिछानेको मुद्दामा आज थुनछेक बहस […]

  बर्दिया । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको थियो । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको […]

error: Content is protected !!