२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङका सुरक्षा प्रमुखहरु मास्क लगाउ अभियान लिएर सडकमा

Logo
प्रकाशित शनिबार, बैशाख ११, २०७८


(ABC-Sanchar)
दाङ । जिल्लाका सुरक्षा प्रमुखहरु चर्को घाममा दाङको सडकमा देखिए । कोरोना भाइरस सङ्क्रमण बढिरहँदा सर्वसाधारणलाई त्यसबारे सचेतनाका जगाउन उनीहरु सडकमा आएका थिए ।
दाङ जिल्लाका सहायक सिडियो चिरञ्जीवी राना , जिल्ला प्रहरी दाङका प्रमुख एसपी गणेश चन्द, राष्ट्रिय अनुसन्धानका एसपी अर्जुन भण्डारी सहितका सुरक्षा प्रमुखहरु घोराही नारायणपुर तुल्सीपुर सचेतना कार्यक्रममा सहभागी भएर मास्क बाँडेका थिए ।

उनीहरुले पसलहरुमा पुगेर व्यवसायीहरूलाई सचेत तुल्याए । सतर्कता अपनाएर मात्रै व्यवसाय सञ्चालन गर्न आग्रह गरे । मास्क नलगाएका पैदल यात्रीहरूलाई मास्क प्रदान गरे ।

कोरोनाबाट सजग रहन सुझाए । सवारी यातायातका चालक र यात्रुलाई पनि स्वास्थ्य सतर्कता बारे अवगत गराए ।

कोरोना भाइरस बारे चेतनामूलक अडियो जिङ्गलसहित सचेतना कार्यक्रममा सहभागी भएका सुरक्षाकर्मीले नागरिकको स्वास्थ्यप्रति सचेत रहने कार्यक्रमलाई निरन्तरता दिन संघलाई आग्रह गर्दै आफ्नो पनि सक्रिय सहभागिता रहने प्रतिवद्धता जाहेर गरे ।

कोरोना सङ्क्रमणको दोस्रो लहरले उच्च रूप लिइरहँदा सचेतनाका लागि चेतनामुलक कार्यक्रमहरू हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!