२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

हुम्लाको मुख्य नाकामा कडाइ सर्वसाधारणहरु चिन्तित

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(ABC-Sanchar)
हुम्ला । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने भएको छ ।

त्यसैगरी अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुली गाउँपालिकाको भिई र चङ्खेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी जाँच शुरु गरिने भएको छ ।

त्यसैगरी जिल्लामा प्रवेश गर्ने नागरिकको तीनपुस्ते विवरण, बसोबास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्यरूपमा हेल्थ हेस्कमा राखिने भएको छ । हेल्थ डेस्कमा विवरण राखिएको व्यक्तिलाई पहिलो १० दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने भएको प्रजिअ आर्चायले बताए ।

जिल्लास्तरका र अन्य सबै पालिकामा क्वारेन्टिन तथा आइसोलेसन स्थापना तत्काल गरिने भएको छ । कोरोना सङ्क्रमण बढिरहेका बेला जिल्ला अस्पतालमा भने तीन शय्याको आइसोलेसन रहेको र अन्य उपचारका सामग्री अभाव भएको डा टसी आङ्जुले जानकारी दिए ।

नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हुम्लाका नागरिकलाई थप समस्या बनाएको छ । एकमात्र हवाई यातायातामार्फत निर्वाधरूपमा नेपालगञ्ज–सुर्खेतबाट यात्रु ओसारपसार तथा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेपछि स्थानीयवासी त्रसित भएका छन् ।

नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको अवस्था हेरेर एक हप्तासम्म कडाइका साथ स्वास्थ्य सुरक्षा सावधानी अपनाएर उडान गर्न आवश्यक रहेको स्थानीयवासी हेमन्त बोहराको भनाइ छ । सिमकोट विमानस्थलमा सुरक्षा तथा स्वास्थ्य जाँच फितलो छ ।

सिमकोट गाउँपालिका तथा जिल्ला कोभिड व्यवस्थापन समितिले खासै चासो नदिँदा जिल्ला बाहिरबाट आउने यात्रुहरुलाई विमानस्थलमा ज्वारो जाँच गरेको आधारमा छाडिने गरेको छ ।

जिल्ला बाहिरबाट आउने यात्रुलाई कम्तीमा एक हप्तासम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने भए पनि त्यसो नभएको पाइएको छ ।

गत वर्ष पनि यस्तै लापरवाही तथा हेलचेक्र्याइँ गरेका कारण बाहिरबाट आउने यात्रुबाट कोरोना सङ्क्रमण हुँदा जिल्लामा भयावह स्थिति सिर्जना भएको थियो ।

कुनै दिन कोरोना सङ्क्रमित देखिएको समयमा उनीहरुलाई राख्ने क्वारेन्टिन तथा आइसोलेसनसमेत छैन । जिल्ला अस्पतालमा जम्मा तीनवटा आइसोलेसन छ भने जिल्ला बाहिरबाट आउने यात्रुलाई राख्नका लागि क्वारेन्टिन नभएर यसको पूर्वतयारीमा सम्बन्धित निकाय मौन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]