०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

कोरोनाको भयावह लामो दूरीका यातायात तत्काल बन्द र लकडाउन गर्न CCMC को सुझाव

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(ABC-Sanchar)
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित छलफल (ब्रिफिङ) मा सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’ हरूमा नेपालगञ्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् ।

यस्तै सीसीएमसीका सदस्यहरूले लामो दूरीका यातायात तत्काल बन्द गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन नभनिए पनि निषेधाज्ञा जारी गरिएको छ ।

नेपालगञ्ज शहरमा मात्र ७३५ सक्रिय संक्रमित भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा त्यहाँ बाँके जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ ।

ठूला शहरहरूमा तत्काल बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको एक मन्त्रीले जानकारी दिएका छन् । सुझाव सुनिसकेपछि प्रधानमन्त्री ओलीले यस विषयमा प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा बुझाउन सीसीएमसीका अधिकारीलाई निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!