२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कञ्चनपुर कारागारमा क्षमता भन्दा चार बढी कैदीबन्दी व्यवस्थापनमा समस्या

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा सकस भएको छ। कारागार स्थापनाकालमा २३ जना कैदीबन्दी राख्ने क्षमता गरि स्थापना गरेको कारागारमा कैदीबन्दी बढ्दै गएपछि ९५ जना कैदीबन्दी राख्ने क्षमता विस्तार गरिएको छ।

हाल ९५ क्षमताको कारागारमा ३ सय ९१ जना कैदीबन्दी थप भएपछि कारागार व्यवस्थापन समस्या भएको हो। कारागारमा कैदीबन्दी बढी हुँदा कतिपय कैदीबन्दी बढ्दै गएपछि शौचालयमा लाईन लाग्नुपर्ने अवस्था आएको छ। त्यसमाथि जिल्लामा सुरक्षित सवारी र जनशक्ति थप नहुँदा कारागार व्यवस्थापनलाई झनै सकस परेको छ।

कारागारको स्वामित्वमा रहेको पुरानो गाडी विग्रेका कारण कैदीबन्दी विरामी हुँदा अस्पताल तथा मुद्दाको लागि अदालत लैजानका लागि पैदल जानुपर्ने अवस्था सिर्जना भएको छ। त्यसैगरी कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पनि कारागारको अवस्था जिर्ण रहेको र नयाँ व्यवस्थापनमा पहल गर्न केन्द्रमा पत्राचार गरे कञ्चनपुर कारागार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अहिलेसम्म पत्रको कुनै सुनुवाई नभएको छैन।

कञ्चनपुर प्रहरीले लागू औषध नियन्त्रणका लागि जिल्लाभर चलाएको अभियान अन्र्तगत अहिले ब्राउन सुगर, खैरो हिरोइन लगायतका लागू पदार्थसहितका प्रकरणमा दिनहुँ जसो अभियुक्तहरु पक्राउ परिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]