०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

५० शैंयाको अक्सिजनसहित आइसोलेसन नेपालगन्जमा बनाउदै

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(महेन्द्र प्रताप सिंह) बाँके । कोरोना संक्रमण बढ्दै गएपछी भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ।

नयाँ आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगन्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैयाको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।

नेपालगन्जकी उप-प्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन बनाउने कार्य भोलीदेखि नै सुरु भइ एक हप्ता भित्र सम्पन्न भइसक्ने बताएकी छिन्।

उक्त ५० शैयाको अक्सिजनसहित आइसोलेसन नेपालगन्ज २० स्थित व्हाइट हाउसमा बनाउन लागिएको उप-प्रमुख थापा मगरले बताइन्।

आइसोलेसनमा डाक्टरसहित स्वास्थ्कर्मीको टोली खटाइने भएको छ । उपमहानगरपालिका आफ्नै लगानीमा उक्त अक्सिजनसहित आइसोलेसन बनाउन लागेको हो।

यसका साथै नेपालगन्जको कोरोनाको अवस्था बारे प्रदेश र संघीय सरकारसग थप मदतका लागि ध्यानाकर्षण गराइने उप-प्रमुख थापा मगरले जानकारी दिएकी छिन् ।

उपमहानगरपालिकाले नेपालगन्ज भित्रका होम आइसोलेसनमा कोरोना संक्रमितकोहरुको डाटा तयार गरि अनुगमन समेत गर्ने भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!