२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा १३ गतेदेखि २० गतेसम्म लकडाउन थप

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८


(महेन्द्र प्रताप  सिंह)
बाँके । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आज जारी सूचनामा बाँकेमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न बैशाख १३ गते राति १२ बजेदेखि बैशाख २० गते राति १२ बजेसम्म लकडाउन गरिने उल्लेख छ ।

यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । बैंक, वित्तीय संस्था सबै बन्द हुनेछन् । पसल व्यवसाय संचालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ ।

दैनिक उपभोग्य बस्तु खरिदका लागि विहान ६ देखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल संचालन गर्न दिइने सूचनामा उल्लेख छ । नेपालगन्ज उपमहानगरपालिकामा यस अघि नै बैशाख ८ गते राति १२ बजेदेखि लकडाउन जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]