१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

प्रहरी जावनको मिलेमतोमा हतियारसहित ८ जना तस्करीहरु पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

(रवि वर्णवाल)
बिरगंज । नेपाल प्रहरी जवानकै मिलेमतोमा भारतमा पेस्तोल किनेर नेपाल ल्याई लुटपाट हुने गरेको तथ्य बाहिरिएको छ। नेपाल-भारत सीमा क्षेत्रमा हतियार र लागू औषधको तस्करी गराउन सहजीकरण गर्ने तथा तस्करहरुलाई नै लुटपाट गर्दै आएको एउटा गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी जावन समेतको संलग्नतामा भारतबाट नेपालतर्फ हतियारसहित लागू औषधको तस्करी गराउने र तस्करी गर्नेहरुलाई नै नेपालमा आएर लुटपाट गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

यसपटक लुटको योजना बनाउँदै गरेको अवस्थामा प्रहरी जवानसहितको समूहलाई स्वचालित पेस्तोल र लागू औषधसहित जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रौतहटको सखुहवा नगरपालिका-१ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय अवधेशप्रसाद यादव, मकवानपुरको मनहरी गाउँपालिका-५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगञ्ज महानगरपालिका-१२ का ४३ वर्षीय लालबाबु सिंह, सोही ठाउँका ३५ वर्षीय श्यामबाबु कुशवाह, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुवँर सिंह छन्।

यस्तै, वीरगञ्ज-१५ का २४ वर्षीय नन्दन सिंह र सोही ठाउँका ३१ वर्षीय रोशन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरी जवान यादव आफैं लागू औषध प्रयोगकर्ता भएको पाइएको पर्साका एसपी वेलबहादुर पाण्डेले नेपाल लाइभलाई जानकारी दिए। ‘गैरव्यावसायिक काम गर्ने र लागू औषध तथा हतियार कारोबारीको समूहमा प्रत्यक्ष संलग्न भएपछि प्रहरी जवानलाई पक्राउ गरेका हौं,’ एसपी पाण्डेले भने, ‘जवानविरुद्ध पनि फौजदारी कसुरमा मुद्दा चलाउँछौं।’

जवान अवधेशप्रसादको व्यवहार संकास्द रहेकाले प्रहरीले उनीमाथि सुक्ष्म रुपमा निगरानी बढाएको थियो। अन्ततः उनी हतियार र लागू औषध कारोबारीको मतियार भएको खुलेपछि पक्राउ गरेर अनुसन्धान शुरु गरिएको एसपी पाण्डेले बताए।

पर्सा प्रहरीले सुरुमा वैशाख ८ गते साँझ ६ बजेतिर ‘सनमिका’ लेखिएको अटोमेटिक पेस्तोलसहित राजु रानामगरलाई पक्राउ गरेको थियो। भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका उनको साथबाट स्वचालित पेस्तोलसँगै २ थान म्यागेजिन बरामद भएको थियो।

हतियार बरामद भएसँगै उनीमाथि अनुसन्धान शुरु गरेको प्रहरीले उक्त हतियार नेपालमा लुटपाट गर्ने उदेश्यले भारतमा किनेर ल्याइको र यस योजनामा प्रहरी जवान अवधेशप्रसादको समेत संलग्नता रहेको खुलेको तथ्य फेला पारेको थियो।

प्रहरीका अनुसार वैशाख ८ गते नै दिउँसो राजु रानामगर र काठमाडौंतिर बस्ने भनिएका, तर यकीन ठेगाना नखुलेका राम प्रजापतिले भारतको रक्सौलबाट मुस्तफा भन्ने व्यक्तिसँग २ वटा पेस्तोल १ लाख ५० हजार रुपैयाँमा खरिद गरेका थिए।

त्यसमध्येको १ थान पेस्तोल तथा ४ थान म्यागेजिनसहित लागू औषध डाइजिपाम, नुर्फिन, फिनार्गन राम प्रजापतिले बोकेका थिए। भारतबाट पेस्तोल र लागू औषध बोकेर उनी वीरगन्ज बसपार्कमा रहेको मनकामना गेस्ट हाउसको कोठा नम्बर १०५ मा बसेका थिए।

राम प्रजापतिले पेस्तोल र लागू औषध बोकेको सूचना प्रहरी जवान अवधेश प्रसाद यादवले पाएका थिए। तर, उनले त्यसबारे आफ्नो तालुक निकायमा खबर नगरी तस्करको समूहका व्यक्तिलाई खबर गरेका थिए।

पछि प्रहरी जवान यादवसहित लालबाबु सिंह, श्यामबाबु कुशवाहा, अरविन्द प्रसाद गुप्ता, कुँवर सिंह, नन्दन सिंह र रोशन सिंहसहितका व्यक्तिले राम प्रजापतिको साथबाट पेस्तोल १ थान, म्यागेजिन ४ थान, आधा तोलाको सुनको मुद्रा, ७ हजार रुपैयाँ नगद र लागू औषध लुटपाट गरेका थिए।

होटलमा लुटपाट हुँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले मनकामना होटलबाट लुटपाटमा संलग्न प्रहरी जवानसहित ७ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार होटलमा लुटपाट गर्नेसहित पक्राउ परेका आठै जना नेपाल-भारत सीमा क्षेत्रमा हातहतियार तथा लागू औषधको तस्करी गराउने गिरोहका सदस्य हुन्। यो समूहले काठमाडौं लगायत विभिन्न ठाउँबाट लागू औषध तथा हतियार खरिद गर्न आउने व्यक्तिहरुलाई भारत ललगेर त्यहाँका तस्करहरुसँग सम्पर्क गराउने गरेका थिए। भारतमा हतियार र लागू औषध खरिद गराइ सीमा क्षेत्रबाट ओसारपसार गराइदिने र त्यसबापत कमिसन लिने प्रहरीका सीमा क्षेत्रबाट आफैं तस्करी गर्ने व्यक्तिलाई भने उनीहरुले नेपाल आएर लुटपाट गर्ने गरेका थिए।
पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध, लागू औषध र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!