२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लमहि नगरपालिका भित्र थप ८ जनामा काेरना पुष्टि सेवा भरी नरोकिने

Logo
प्रकाशित मंगलबार, बैशाख १४, २०७८

(ABC-Sanchar)
दाङ । लमही नगरपालिका भित्रका थप अाठ जनामा काेरना पाेजेटिभ देखिएकाे छ ।अाज बिहान ८ बजे देखि ९ बजे सम्ममा कुल २९ जनाकाे लमही अस्पतालमा गरिएको अन्टिजन टेस्ट गर्दा अाठ जना स्थानीयमा यस्ताे देखा परेकाे लमही न,पा,स्वास्थ शाखा प्रमुख लालमणि सुबेदीले जानकारी दिनु भयाे । काेरना पाेजेटिभ देखा परेकाे सबैकाे अबस्था सामान्य रहेकाे र उनिहरु लागि हाेम अाइशुलेशनमा नेपाल सरकारले ताेकेबमाेजिमकाे समय अबधि सम्म बस्न भनिएकाे छ । डाक्टरले निर्देशित गरेका काेरना भएको संकासद ब्यक्तिहरु लाई मात्रै बिहान ८ बजे देखि १० बजे सम्म प्रत्येक दिन अब नि,सुल्क टेस्ट गर्ने ब्यबस्था पनि मिलाइएको स्वास्थ्य शाखा प्रमुख सुबेदीकाे भनाइ रहेकाे छ ।अाइतबार साेमबार र मंगलबार गरि ३७ जनामा काेरना भएको पुष्टि भयाे ।। शहरी भेग भन्दा गाउँमा धेरै रहेछन उहाले भन्नू भयाे । दाेसाे चरणकाे काेरना अाए पछि पहिलाे पल्ट लमही अस्पतालमा टेस्ट गरिएको हाे । यस अधि देउखुरी लमहि र राप्ती गा,पा,मा दुई जनामा काेरनाकाे पुष्टि भएको थियोे ।उता लमहि न,पा,५ का अध्यक्ष तथा लमही न,पा,का प्रबक्ता बिम बहादुर केसीले भने परिस्थिति बमोजिम चल्नु पर्छ चल्ने हाे भन्नुहुदै लमहि नगर पालिकाकाे सेवा प्रबाह भने नराेकिने भनाइ राख्नु भयाे ।हिजाे र अाज पनि नियमित सेवा प्रबाह भयाे भाेलि पनि जारी रहन्छ याे निरंतर चल्छ चलाउनु पर्ने बाध्यता रहेकाे छ भन्दै भयावह नहुदा सम्म निरंतर चल्ने उदषाेष गर्नु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]