०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

ट्रकले किचेर बृद्धको मृत्यु

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

सलिम अनसारी,प्युठान : ट्रकले किचेर प्यूठानमा एकजना बृद्धको ज्यान गएको छ । मंगलबार राति दाङको भालुवाङबाट प्युठान तर्फआउदै गरेको लु १ ख ४१२४ नवंरको ट्रकले सरुमारानी गाउँपालिका-२ रत्‍ने प्यूठानमा पैदलयात्रुलाई ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको हो । सोही गाउँपालिका-१ दर्भान निवासी ६७ वर्षीय दलबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ। राति घटना भएपनि बुधबार बिहान सात बजेमात्र प्रहरीले खबर पाएको प्यूठान प्रहरीले बताएको हो । ठक्कर दिने ट्रक र त्यस्का चालकलाई प्रहरीले थक्लेनीबाट नियनत्रणमा लिएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए ।घटनापछि फरार गाडीसहित चालक फरार थिए । यो संगै अबरुद्ध प्युठान भालुवाङ सडक समेत सुचारु भएको छ ।
आक्रोशित स्थानीयले दोषीलाई नियन्त्रणमा नलिँदासम्म सडक अवरुद्ध गर्ने चेतावनी दिदै शडकमै सव राखेर यातायातका साधन चल्न दिएका थिएन्न । पिडितलाई कानुन बमोजिम क्षतिपुर्ती दिने सहमती पश्चात् अबरुद्ध सडक खुलाईएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!