२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ट्रकले किचेर बृद्धको मृत्यु

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

सलिम अनसारी,प्युठान : ट्रकले किचेर प्यूठानमा एकजना बृद्धको ज्यान गएको छ । मंगलबार राति दाङको भालुवाङबाट प्युठान तर्फआउदै गरेको लु १ ख ४१२४ नवंरको ट्रकले सरुमारानी गाउँपालिका-२ रत्‍ने प्यूठानमा पैदलयात्रुलाई ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको हो । सोही गाउँपालिका-१ दर्भान निवासी ६७ वर्षीय दलबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ। राति घटना भएपनि बुधबार बिहान सात बजेमात्र प्रहरीले खबर पाएको प्यूठान प्रहरीले बताएको हो । ठक्कर दिने ट्रक र त्यस्का चालकलाई प्रहरीले थक्लेनीबाट नियनत्रणमा लिएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए ।घटनापछि फरार गाडीसहित चालक फरार थिए । यो संगै अबरुद्ध प्युठान भालुवाङ सडक समेत सुचारु भएको छ ।
आक्रोशित स्थानीयले दोषीलाई नियन्त्रणमा नलिँदासम्म सडक अवरुद्ध गर्ने चेतावनी दिदै शडकमै सव राखेर यातायातका साधन चल्न दिएका थिएन्न । पिडितलाई कानुन बमोजिम क्षतिपुर्ती दिने सहमती पश्चात् अबरुद्ध सडक खुलाईएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!