(ABC-Sanchar)
दाङ । कोरोना संक्रमण जटिलता तर्फ उन्मुख हुदै गएपछि दाङमा यही बैशाख १७ गते देखी ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच दाङमा भएको बैठकले बैशाख १७ गते देखी २५ गते सम्म जिल्लाभर लकडाउन गर्ने निणर्य भएको हो ।
दैनिक कोरोना संक्रमितहरु बढ्न थाले सँगै चौतर्फिरुपमा तत्काल लकडाउन गरि नागरिकको जीवन रक्षा गर्नु आवाज उठ्दै आएको छ ।बैशाख १७ गते बिहान ६ बजे देखी २५ गते बेलुका ६ बजे सम्मका लागि पहिलो चरणमा लकडाउन गर्ने निणर्य भएको हो । त्यस पछि अबस्था हेरेर थप निणर्य लिईने भएको छ । खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ ।