२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

प्रहरी निरीक्षक अमर सिंह माझी मास्क लगाउ अभियान लिएर सडकमा

Logo
प्रकाशित मंगलबार, बैशाख १४, २०७८

(सागर थापा)
कंचनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम सञ्चालित मास्क खै अभियानलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरले सक्रियता पुर्वक सञ्चालन गरेको छ ।

वडा प्रहरीले महेन्द्रनगर बजार क्षेत्र, राजमार्ग र सार्वजनिक स्थानमा मास्क बिना हिँडडुल गर्नेलाई मास्क प्रयोग गर्न आग्रहसहित अभियान सुरु गरिरहेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक अमर बहादुर माझीले कोरोना संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य भएकोले सोही अनुरुप अभियान सञ्चालन भईरहेको बताए । उनका अनुसार ‘तपाईंको मास्क खै? अनिवार्य मास्क लगाउनु है’, अभियान महेन्द्रनगर बजार क्षेत्रसँगै भासी, सुखासाल, बसपार्क लगायतका ठाउँमा सञ्चालन गरिएको छ । प्रशासनको आदेश अनुसार अभियानलाई नियमित रुपमा जारी राख्ने प्रहरीले जनाएको छ ।

‘पहिलो चरणमा कोरोना नियन्त्रणका लागि मास्क लगाउन सम्झाई बुझाई गर्ने गरेका छौँ ।’ प्रहरी निरिक्षक माझीले भने ‘मास्क प्रयोग गर्न अटेरी गरे प्रशासन कार्यालयको निणर्य अनुसार ५० रुपयाँसम्म जरिवाना गरि मास्क वितरण गरिरहेको छौँ ।’ प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ । —

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!