२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पोखरा महानगरले बैशाख १५ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

(ABC-Sanchar)
पोखरा । महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गदै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।

पोखरा महानगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम मुल समितिको मंगलबार बसेको बैठकले भोलि(बुधबारदेखि) पोखरा महानगरका अत्यावश्यक सेवा बन्द गर्ने निर्णय गरेको छ

पोखरा महानगरका निमित्ति प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र कास्की र पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मुल समितिको मंगलबारको निर्णय अनसार यस कार्यालयबाट बैशाख १५ गतेबाट २१ गतेसम्म स्वास्थ्य, सरसफाई र अन्य अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ । महानगरले अत्यावश्यक सेवा प्रवाह गरिने भएकाले महानगरपालिका अन्र्तगतका महाशाखा,शाखा, प्रमुख र वडा सचिवहरु अनिवार्य कार्यालयमा उपस्थित हुने र मातहतका कर्मचारीहरु महाशाखा प्रमुख, शाखा प्रमुख र वडा सचिवको निरन्तर सम्पर्कमा रही आवश्यक परेको खण्डमा कार्यालयमा उपस्थित हुन निर्देशन गरेको छ ।

यता पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले एक सुचना प्रकाशि गदै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्डहरुको पालना गरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा सम्पूर्ण नगरबासीहरुको सहयोगको अपेक्षा गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]