२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौंको सबै चिडियाखाना बिहीबारदेखि बन्द हुने

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

(ABC-Sanchar)
काठमाडौँ । सदर चिडियाखाना बिहीबारदेखि बन्द हुने भएको छ । नेपालमा कोरोना भाइरस संक्रमणको दर बढेपछि सरकारले निषेधाज्ञा जारी गरेसँगै चिडियाखाना पनि बन्द हुने भएको हो ।

सरकारले अर्को निर्णय जारी नगरेसम्म बिहीबारदेखि वैशाख २२ गतेसम्म चिडियाखाना बन्द गर्ने निर्णय गरिएको प्रमुख चिरञ्जिवी पोखरेलले बताए ।

बिहीबारबाट चिडियाखाना बन्द भएपनि प्रशासनिक तथा अन्य कामहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन हुने पोखरेलले जानकारी दिए ।

उनले भने , ‘निषेधाज्ञा अवधिभर आगन्तुकहरु आउनुहुन्न,अन्य काम भने हुनेछन्’ । वन्यजन्तुहरुलाई खुवाउने,नियमित औषधि दिनेजस्ता अन्य कामहरु हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]