(ABC-Sanchar)
काठमाडौँ । सदर चिडियाखाना बिहीबारदेखि बन्द हुने भएको छ । नेपालमा कोरोना भाइरस संक्रमणको दर बढेपछि सरकारले निषेधाज्ञा जारी गरेसँगै चिडियाखाना पनि बन्द हुने भएको हो ।
सरकारले अर्को निर्णय जारी नगरेसम्म बिहीबारदेखि वैशाख २२ गतेसम्म चिडियाखाना बन्द गर्ने निर्णय गरिएको प्रमुख चिरञ्जिवी पोखरेलले बताए ।
बिहीबारबाट चिडियाखाना बन्द भएपनि प्रशासनिक तथा अन्य कामहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन हुने पोखरेलले जानकारी दिए ।
उनले भने , ‘निषेधाज्ञा अवधिभर आगन्तुकहरु आउनुहुन्न,अन्य काम भने हुनेछन्’ । वन्यजन्तुहरुलाई खुवाउने,नियमित औषधि दिनेजस्ता अन्य कामहरु हुने उनले बताए ।