१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

सांसद, विधायक, मेयरले भने महाराजगंजको मिलेर विकास गर्छौ ।

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

सनिउल्ला धोवी, कपिलवस्तु असार ६ ।।

प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्य दृग नारायण पाण्डेय र महारागंज नगपालिकाका नगर प्रमुख अब्दुल कलामले कपिलवस्तुको महाराजगंज नगरपालिकालाई मिलेर विकास गर्नुपर्नेमा जोड दिइएको छ । महाराजगंज नगरपालिकाको आयोजनामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, राजनितिक दलका स्थानिय प्रतिनिधि समाजसेवी एवम वुद्धीजिविसग आव ०७५।७६को निति कार्यक्रम र बजेट तर्जुमा सम्वन्धि अन्तरकृया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन ।कार्यक्रममा वोल्दै प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ताले महराजगंजको चौतर्फि विकाशको लागी आफुले केन्द्र देखी नै पहल गर्ने वताउनुभयो । देश संघियतामा गएको अवस्थामा स्थानिय सरकारले दुत्र गतिमा विकाश भइरहेको वताउदै विकाश सगै चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । गुप्ताले विकासको लागी सवै मिल्नुपर्नेमा जोड दिनुभयो । उहाले संसदिय विकास कोषको रकम पनि महाराजगंज नगरपालिकाका विकट ठाउमा लगाउने आश्वासन दिनुभयो । वाणगंगा सिचाई योजना, नदि कटान, घगुवा सिचाई योजनाका वारेमा केन्द्रमा पहल गरिने वताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य दृग नारायण पाण्डेयले कपिलवस्तुकै पछाडि परेको स्थानिय तह मध्य माहाराजगंज पनि परेको हुदा प्रदेश स्तरमा विशेष सहयोग हुने वताउनुभयो । महाराजगंज नगरपालिका भारतको सिमा सम्म पर्ने भएको हुदा यस ठाउको विकास अनिवार्य रहेको पाण्डेयले जिकिर गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै महारागंज नगपालिकाका नगर प्रमुख अब्दुल कलामले केन्द्र र प्रदेश वाट आएका योजनालाई लागु गरि समृद्ध नगरपालिका बनाउने वताउनुभयो । एक वर्षको अवधिमा मात्र नगरका सम्पुर्ण काम गर्न नसकिएकोले ५ वर्षमा नगरलाई समृद्ध बनाउने वताउनु भयो । नगरपालिका विकासउन्मुख रहेको वताउदै सवैको सल्लाह र योजना अनुसार काम हुने वताउनुभयो । कार्यक्रममा सहभागी भएको राजनितिक दलका प्रतिनिधी समाजसेवीहरुले आप्नो गाउ ठाउको विकासको लागि योजना सामावेस गर्न सुझाव दिएका थिए । नगर प्रमुखले सबैको सर सल्ल्लाह अनुसार अगाडी बढन बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]

  (ABC-Sanchar) काठमाडौं । जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ। उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर […]