२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं खुल्लामञ्चको बसपार्क हट्यो

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

(ABC-Sanchar)
काठमाडौं । मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काइने महानगरपालिकाले जनाएको छ ।

खुल्लामञ्चको बसपार्क हटाइएसँगै अब खुल्लामञ्च प्रयोग गर्दै आएका छोटो दूरीका बसलाई पिक एन्ड ड्रप प्रणाली लागू गरिने भएको छ भने मध्यम दूरीका बसलाई नयाँ बसपार्क गोंगबुमा सारिने भएको छ । पिक एन्ड ड्रप प्रणालीमा चल्ने गाडीहरूका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो ।
खुल्लामञ्चमा बसपार्क राखेर सार्वजनिक स्थानको दोहन गरेको भन्दै महानगरपालिका र सरकारको विरोध हुँदै आएको थियो । सार्वजनिक स्थान अभियान्ताहरूले ‘खुल्लामञ्च बचाऊ’ अभियानसमेत सञ्चालन गर्दै सरकारलाई दबाब दिँदै आएका थिए ।

गत हप्ता काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले खुल्लामञ्चमा भएको बसपार्क हटाउने निर्णय गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]