०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

रुपन्देहीमा लकडाउन उलंघन गरेको आरोपमा ३ जनालाई जेल

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

(ABC-Sanchar)
भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा प्रहरीले थियो ।

नियन्त्रणमा लिएकामध्ये रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । उनीहरुले ९ हजार जरिवाना रकम तिर्न नसक्दा कारागार पठाएको प्रहरीले जनाएको छ । थापाले नियन्त्रणमा लिइएका अन्य भने जरिवाना वापतको रकम तिरेर छुटेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

टाइमकार्ड पालना नगर्ने सय भन्दा बढी सवारी चालकहरु दाङ प्रहरीको कारबाहीमा दुर्घटनामा कमि हुँदै दाङ । १५ दिनको अवधिमा टाइमकार्ड पालना नगर्ने एक सय बढी सवारीसाधन कारबाहीमा परेका छन् । देउखुरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डमा पर्ने नर्ती–भालुबाङ सडकखण्डमा टाइमकार्ड पालना नगर्ने एक सय १९ सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । […]

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

error: Content is protected !!