२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा आगलागी हुँदा एक दर्जन घर जलेर नष्ट लाखौंको क्षति

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बाँके । विकट नरैनापुर गाउँपालिका १ कटकुईया गाउँमा आगलागी हुँदा करिव एक दर्जन घर जलेर नष्ट भएको छ । शुक्रबार बिहान करिव साढे ११ वजेतिर आगलागी भएको हो । आगलागी कसरी भयो भन्ने यकिन सूचना नभए पनि एक स्थानीयको गोठबाट आगलागी भएको वडाध्यक्ष मोल्हे बेहना शेषले दास्ताबेजलाई जानकारी गराए । उनका अनुसार दमकल, स्थानीय प्रहरी र स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको छ । बाँके प्रहरी प्रमुख एसपी ओम रानाले घटनाको अनुसन्धान भइरहेको जनाए । उनले आगलागीबाट भएको क्षतिको विवरण संकmन गरिरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]