२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नारायणी अस्पतालबाट ६४ जना कोरोना मुक्त भएर घर फर्के

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

(ABC-Sanchar)
वीरगञ्ज । नारायणी अस्पतालमा उपचाररत ६४ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार ०७७ चैत १५ गतेदेखि अस्पतालमा भर्ना भएका १ सय ४१ जना संक्रमितमध्ये ६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका हुन् ।

यस अवधिमा २४ जनाले संक्रमणबाट आफ्नो ज्यान गुमाएको नारायणी अस्पतालका प्रवक्ता डा. सरोज सिंहले जानकारी दिए ।

त्यसैगरी ४ जनालाई थप उपचारका लागि अन्य ठाउँ रिफर गरिएको उनले बताए । डा. सिंह अनुसार २ जना संक्रमित भने आफ्नो इच्छाले थप उपचारका लागि अन्य ठाउँ गएका छन् ।

यता पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितलाई अस्पतालमा भर्ना गर्दा ५ जनालाई डिस्चार्ज गरिएको उनले जानकारी दिए । यस अवधिमा एकजना संक्रमितले आफ्नो ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]