२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

धनगढी नापी हाकिमको बहिनीको बिहे सरकारी कार्यालयमा

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

 

(सर्मिला बोगटी)
धनगढी । सामान्यतया सरकारी कार्यालयमा सेवाग्राहीको भिड लागेको हुन्छ। तर, शुक्रबार नापी कार्याललय कैलालीमा फरक दृश्य देखियो। नापी कार्यालयमै विवाहका लागि झकीझकाउ गरेको देख्दा धेरै अच्चमित भए। कोरोना संक्रमण फैलिएपछि जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा एक जोडीको विवाह गरिएको हो।

नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनीको विवाह आयोजना गरियो। उनले भने, ‘कैलाली प्रशासनको अनुमतीबाटै विवाहको आयोजना गरिएको हो।’जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उक्त विवाहका लागि प्रशासनमा लिखित कुनै पनि सूचना नआएको र आफूले निर्देशन पनि नदिएको बताए।
उनले भने, ‘कार्यालयका हाकिमको आफ्नै घर नभएकोले बहिनीको विवाहका लागि सरकारी कार्यालय प्रयोग गरेको भन्ने सुनेको छु तर, आधिकारीक रुपमा प्रशासनले अनुमती भने दिएको छैन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]