०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

धनगढी नापी हाकिमको बहिनीको बिहे सरकारी कार्यालयमा

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

 

(सर्मिला बोगटी)
धनगढी । सामान्यतया सरकारी कार्यालयमा सेवाग्राहीको भिड लागेको हुन्छ। तर, शुक्रबार नापी कार्याललय कैलालीमा फरक दृश्य देखियो। नापी कार्यालयमै विवाहका लागि झकीझकाउ गरेको देख्दा धेरै अच्चमित भए। कोरोना संक्रमण फैलिएपछि जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा एक जोडीको विवाह गरिएको हो।

नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनीको विवाह आयोजना गरियो। उनले भने, ‘कैलाली प्रशासनको अनुमतीबाटै विवाहको आयोजना गरिएको हो।’जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उक्त विवाहका लागि प्रशासनमा लिखित कुनै पनि सूचना नआएको र आफूले निर्देशन पनि नदिएको बताए।
उनले भने, ‘कार्यालयका हाकिमको आफ्नै घर नभएकोले बहिनीको विवाहका लागि सरकारी कार्यालय प्रयोग गरेको भन्ने सुनेको छु तर, आधिकारीक रुपमा प्रशासनले अनुमती भने दिएको छैन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!