२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्रद्धारा विभिन्न स्थानबाट ५ लाख बढीकाे अवैध सामान पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

ABC (क्राईमबिट)
कञ्चनपुर । भन्सार छली अवैध रुपमा भित्र्याईदै गरेका करिब ५ लाख बढीका सामग्रीहरु बरामद गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेड क्वाटर शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट खड्डाककडबाट गएको संयुक्त मोबाईल गस्ती टोलीले अवैध रुपमा भन्सार छली गरेर भित्र्याउदै गरेका ५ लाख २६ हजार ४ सय बराबरका सामानहरु बरामद गरेको हो।

गस्ती टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका – १ फटिया, वडा नं ६ नकैया, पुर्नवास नगरपालिका –४ आपताल र बेलडाडी गाउँपालिका –३ बाट किरानाका सामानहरु, प्रतिबन्धीत ब्रोईलर कुखुरा र चल्ला, सुर्ती, मोटरसाईकल लगायतका सामग्रीहरु बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले जानकारी दिए ।उनले ब्रोईलर र चल्लाहरुलाई पशुक्वारेन्टाईन कार्यालय गड्डाचौकी बुझाईएको र मोटरसाईकल तथा अन्य सामग्रीहरु आवश्यक कारबाहीका लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको बताए ।

यसैबिच कञ्चनपुरबाट लागु औषध सहित १ जना पक्राउ परेका छन । बोर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको प्रहरी टोलीले बेलडाडी गाउँपालिका – ३ बिचकट्टी सिमाबाट गाउँपालिकाका वडा नं। ५ बस्ने २१ वर्षिय गोपाल रानालाई पक्राउ गरेको हो ।

उनको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरेको र उनलाई आवश्यक कानुनी कारबाहीका लागी ईलाका प्रहरी कार्यालय बेलडाडी पठाईएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।