०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

सशस्त्रद्धारा विभिन्न स्थानबाट ५ लाख बढीकाे अवैध सामान पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

ABC (क्राईमबिट)
कञ्चनपुर । भन्सार छली अवैध रुपमा भित्र्याईदै गरेका करिब ५ लाख बढीका सामग्रीहरु बरामद गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेड क्वाटर शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट खड्डाककडबाट गएको संयुक्त मोबाईल गस्ती टोलीले अवैध रुपमा भन्सार छली गरेर भित्र्याउदै गरेका ५ लाख २६ हजार ४ सय बराबरका सामानहरु बरामद गरेको हो।

गस्ती टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका – १ फटिया, वडा नं ६ नकैया, पुर्नवास नगरपालिका –४ आपताल र बेलडाडी गाउँपालिका –३ बाट किरानाका सामानहरु, प्रतिबन्धीत ब्रोईलर कुखुरा र चल्ला, सुर्ती, मोटरसाईकल लगायतका सामग्रीहरु बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले जानकारी दिए ।उनले ब्रोईलर र चल्लाहरुलाई पशुक्वारेन्टाईन कार्यालय गड्डाचौकी बुझाईएको र मोटरसाईकल तथा अन्य सामग्रीहरु आवश्यक कारबाहीका लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको बताए ।

यसैबिच कञ्चनपुरबाट लागु औषध सहित १ जना पक्राउ परेका छन । बोर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको प्रहरी टोलीले बेलडाडी गाउँपालिका – ३ बिचकट्टी सिमाबाट गाउँपालिकाका वडा नं। ५ बस्ने २१ वर्षिय गोपाल रानालाई पक्राउ गरेको हो ।

उनको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरेको र उनलाई आवश्यक कानुनी कारबाहीका लागी ईलाका प्रहरी कार्यालय बेलडाडी पठाईएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

error: Content is protected !!