२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

DIG सिंहको ठुलो सफलता झा दम्पत्तीको हत्यामा संलग्न ७ जनालाई पुर्पक्षका लागि कारागार

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

 

ABC (क्राईमबिट)
मोहत्तरी । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिषको जाहेरीका आधारमा वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यान सम्बन्धी कसुर, अपराधिक षड्यन्त्र, लागुऔषध र चोरी मुद्दाका प्रतिवादी सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ ।

न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले प्रतिवादी कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भनिने राजिन्द्र यादव र विकास भनिने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई रु दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकोमा तारादेवीले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।

घटनामा संलग्न रन्जित मिश्र र तेजनारायण झाका हकमा पक्राउ पूर्जी म्याद जारी गर्न आदेश भएको हो । गत फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब झा दम्पतीको शव गत चैत १२ गते प्लाष्टिकका बोरामा राखेर गाडिएका अवस्थामा भेटिएको थियो । पिपरा गाउँपालिका–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्ष बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काइभेटरको बकेटमा कङ्काल रहेको बोरा भेटिएपछि झा दम्पतीको पत्तो लागेको थियो ।

घटनामा संलग्न नौ जनामध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालतमा उपस्थित गराएकामा सातै जना जेल चलान भएका हुन् । घटनामा संलग्न अन्य दुईको खोजी जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

घटना अनुुसन्धानमा संलग्न एक अधिकारीका अनुसार जग्गाको विवादका कारण झा दम्पतीको अपहरण र हत्या भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका भारतीय नागरिक हरेन्द्र जग्गा कारोबारी हुन् । ठाकुरको समूहले महोत्तरी, सहोडबामा १३ बिगाहा जग्गामा प्लटिङ गरेका थिए ।

प्लटिङको उत्तरतर्फ झाको १४ कट्ठा जग्गा थियो । त्यसभन्दा उत्तरतर्फ हरेन्द्रले २ बिगाहा जग्गा लिएका थिए । आफ्नो जग्गासम्म पुग्ने बाटो नभएपछि हरेन्द्रले झाको जग्गा किन्न खोजेका थिए । तर झाले जग्गा बेच्न मानेका थिएनन् ।

ठाकुरले झालाई प्लटिङ स्थलमा बोलाउने र बाटो नभएकै कारण घडेरी बन्ने जग्गा खेत हुने भन्दै जग्गा बेच्न दबाब दिँदै आएको प्रहरीको भनाइ छ । घटनामा संलग्नताको आरोपमा पक्राउ परेका ५२ वर्षीय रामबाबु यादव पनि ठाकुरकै ‘पार्टनर’ भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार झा दम्पतीले जग्गा बेच्न नमानेपछि आरोपीहरुले अपहरण र हत्याको योजना बनाएका हुन् । ठाकुर र यादवलाई यादवकै छोराहरु सुरेन्द्र, राजेन्द्रले सहयोग गरे ।

उनीहरुले सकेसम्म रगतका टाटा पनि पुछ्न खोजे तर राति सबै सम्भव नभएको एक अधिकारीको भनाइ छ । ‘घटनाको अघिल्लो दिन र घटनाको बिहान हरेन्द्रको मोबाइल लोकेशन त्यस क्षेत्रमा र जनकपुरमा देखिएको छ, यसबीचमा ठाकुरले यादवलाई पटकपटक सम्पर्क गरेको देखिएको छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!