३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

दाङमा संक्रमितको बेहाल बेड नहुँदा भुइँमा राखेर उपचार गर्दै

Logo
प्रकाशित शनिबार, बैशाख १८, २०७८

(ABC-Sanchar)
दाङ । कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ । कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ । अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए ।

प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्डी कोरोना विशेष अस्पताल ‘हाउस फूल’ भए पनि उपचारको अर्को व्यवस्था भने जिल्लामा हुन नसकेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

ही अस्पताल पनि पूर्णत सञ्चालन हुन सकेको छैन । पटक पटक क्षमता बढाउने निर्णय भए पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा नागरिकको उपचारमा लापरवाही देखिएको हो । अहिले अस्पताल ४२ शैंयामा चलिरहेको छ ।

अस्पताल कोरोना संक्रमित बिरामीले भरिँदा अस्पातलमा बेड अभाव भएको अस्पतालका व्यवस्थापक ओलीले जानकारी दिए ।

२५ बेड बट सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ४२ बेडसम्म पु¥याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको उनको भनाइ छ ।

‘अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु’, उनले भने, ‘यो समस्या पटकपटक माथिल्लो निकायलाई जानकारी गराउँदा समेत सुनुवाइ भएको छैन ।’ अहिलेको अवस्थामा अक्सिजन बिना उपचार सम्भव नभएको र भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भएको व्यवस्थापक ओलीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]