(ABC-Sanchar)
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ।
शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो। यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पनि मान्य थियो ।