१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

३ जना बालककाे शव पार्किङ गरिराखेकाे इन्डियन कारभित्र

Logo
प्रकाशित आइतबार, बैशाख १९, २०७८

दाङ । तुलसीपुर स्याउली बजारमा रोकिराखेको एउटा इन्डियन कारभित्र फेला परेका तीन वटै शव बालकहरूको रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझपख तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिराखेको एउटा कारभित्र ३ जनाको शव फेला परेको थियो।

तुलसीपुर नजिकै बरुवागाउँका ती बालकहरू वैशाख १६ गतेदेखि हराइरहेका थिए। प्रहरीका अनुसार बालकका आफन्तले शुक्रबारमात्रै प्रहरीमा उजुरी दिएका थिए।

तुलसीपुर उपमहानगरपालिका ६ मा पर्ने स्याउली बजारमा त्यो कार केही महिनादेखि नै रोकिराखेको थियो।
इन्डियन नम्बर प्लेट जे-०१ सीसी ०८८५ को उक्त्त गाडीमा भेटिएका ती शवहरूका बारेमा अनुसन्धान थालिएको तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए।
‘हामी घटनस्थल पुगेका छौं त्यसबारे अनुसन्धान भइरहेको छ’ उनले भने।

एउटा बस सोही कार नजिकै पार्किङ गर्ने बेला बसका कर्मचारीहरुले कारभित्र शव देखेका थिए।

प्रहरीले नेपालगन्जबाट फोरेन्सिक ल्यावका प्राविधिकहरू बोलाएको छ। डिएसपी सिंहका अनुसार उनीहरू आइपुगेपछि मात्रै घटनाबारे थप अनुसन्धान हुनेछ।

घटनास्थलमा रहेका स्थानीयका अनुसार ती बालक ७ देखि ९ वर्षसम्मका छन्। दुईजना बालक निर्वस्त्र छन् भने एकजना बालको शरीरमा टबेल ओढाइएको छ।
घटनास्थलबाट १०० मिटरकै दूरीमा लुम्बिनी प्रदेश प्रहरीकाे मुख्यालय छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!