०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

सत्ताको आडमा मोबिन आलमले प्रहरी कार्यालय भित्र कुटे प्रहरीलाई

Logo
प्रकाशित आइतबार, बैशाख १९, २०७८

(रवि वर्णवाल)
बारा । प्रहरीलाई प्रहरी कार्यालयभित्रै हातपात गरे पनि कारबाही नगरिएका युवा संघका केन्द्रीय सचिव मोबिन आलम । श्रीमान परवेज आलम र श्रीमती नाजरा खातुनको जाहीरीको बारेमा थाहा पाउनको लागि जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना दिएका लिपनीका स्थानीयहरु ।

युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलमले जिल्ला प्रहरी कार्यालय बारा कलैयाभित्र प्रहरी जवानहरुमाथि बिहीबार दिउँसो हातपात गरेका छन्।

डियुटीमा रहेको प्रहरीहरुमाथि हातपात गरे पछि बारा प्रहरीले आलमलाई सात घण्टा नियन्त्रणमा लिएर छाडेको छ।

मोबिनको काकाका छोरा नातामा पर्ने परवेज आलमले श्रीमती नाजरा खातुनविरुद्ध र नाजरा खातुनले श्रीमान परवेज र ससुरा कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा दुबै पक्षले उजुरी दिएको थियो।

भाई र भाउजु बीचको झगडा मिलाउनको लागि मोबिन आलमले युवा संघका केही स्थानीय नेताहरुलाई लिएर जिल्ला प्रहरी कार्यालय बारामा पुगेका थिए।

लिपनीका सयौ संख्यामा महिला स्थानीयहरुले श्रीमान परवेज आलम र श्रीमती नाजरा खातुनको जाहीरीको बारेमा थाहा पाउनको लागि जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना समेत दिएका थिए।

परिवारको सदस्यविरुद्धमा परेको जाहिरीको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय कलैयामा आलम प्रवेश गर्न खोज्दा गेटमा रहेका प्रहरी जवानहरुले गेटको ढोका खोल्न ढिलाई गरेका थिए।

गेटको ढोका खोलिए पछि आलम र गेटमा डियुटी गरि रहेका प्रहरी जवानहरुसँग बिवाद शुरु भएको थियो। बिवाद बढदै गए पछि आलमले प्रहरीहरु माथि नै हातपात गर्न शुरु गरेका बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

आलमले हातपात गरे पछि प्रहरीहरुले उनलाई नियन्त्रणमा लिएको र डियुटीमा खटेका प्रहरी जवानसँगको छलफल पछि आलमलाई छोडिएको गौतमले बताए।

प्रहरीमाथि हातपात गर्ने आलम संविधान सभा सदस्य नेजमा खातुन तथा एमालेका नेता महबुब आलमका छोरा हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेका आलमलाई बारा प्रहरीले प्रहरी कुटिए पनि कुनै मुद्दा नै नचलाई छोडिएको घटनाले प्रहरीहरुको निष्पक्षतामाथि नै प्रश्न उठेको छ। नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!