२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सांसद ओलीलाई माओवादीले अपहरण’ गरेको एमालेको आरोप

Logo
प्रकाशित आइतबार, बैशाख १९, २०७८

ABC-Sanchar
काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद विमला ओली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शंकर पोखरेल नेतृत्वको सरकारको बहुमत गुमेको छ।

तत्कालिन नेकपाबाट चुनावमा उठेकी सांसद ओलीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि एमाले नेतृत्वको प्रदेश सरकारलाई धक्का लागेको हो।

यसैबीच, नेकपा एमालेले विमला खत्रीलाई दलको बैठकमा आउँदाआउँदै माओवादी केन्द्रले अपहरण गरेको आरोप लगाएको छ।

एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले ‘बैठकमा आउँदा आउँदै सांसद ओली अपरहणमा परेकाले उनको खोजी गर्न स्थानीय प्रहरीमा उजुरी समेत दिइसकेको’ बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]