२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

जेसीबी बोकेको ट्रक कोशी नदीमा खस्दा  २ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५


काठमाडौँ, ६ असार । जेसीबी डोजर बोकेको ट्रक कोशी नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । ९ जनाको उद्धार गरिएको छ । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर ट्रक नदीमा खसेको हो ।
स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा विनोद बराइली र घनश्याम चौधरी छन् । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो ।
बराइली र चौधरीलाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!