२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

३ बालक मृत्यु प्रकरण प्रहरीले कार चालक र धनी बिरुद्ध ज्यान मुद्दा दर्ता

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुरको स्याउली बजारमा शनिवार बेलुकी एउटै कार भित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनि र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ ।स्याउली बजारमा बिगत तीन महिनादेखि पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कार भित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ बर्ष मुनिका तीन जना बालकको शव फेला परेको थियो ।
घटना अनुसन्धानका लागि पक्राउ गरिएका कार धनि तुलसीपुर ६ का ३३ बर्षीय यादबप्रशाद गैरे र सोही वडाकै ५७ बर्षीय चालक पदमबहादुर बस्नतेलाई आइतबार प्रहरीले ज्यान शिर्षकमा मुद्दा चलाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिंहले गाडी धनि गैरे र चालक बस्नेतलाई पक्राउ पछि मुद्दा चलाएको जानकारी दिएका छन् । पक्राउ परेका ब्यक्तिहरुले माघ १ गते उक्त स्थानमा कार लक गरि पार्किङमा राखेको भन्ने बयान प्रहरी समक्ष गरेको सिंहले बताए ।
‘लक गरि राखेको कार भित्र तीन बालक कसरी भित्र छिर्न सके ? त्यहाँ नेर आशंका छ,’ डिएसपी सिंहले भने ‘ माघदेखि पार्किङ गेरर राखिएको कारको बत्ति कसरी बल्यो ? भन्ने कुरापनि संकाष्पद देखिएको छ।’
स्थानीयले प्रत्यक्षदर्सी धेरैले लामो समयदेखि पार्किङ गरि राखेको कारमा बेलुकी पख सबै बत्तिहरु ब्लेको देखेर त्यहाँ हेर्न गएका थिए ।
स्थानीयले हेर्दा कार भित्र तीन बालकको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । त्यस्तै इण्डियन नम्बर प्लेटको उक्त कार लामो सयमदेखि पार्किङमा राखिएको कुराले पनि आशंका जन्माएको प्रहरीले बताएको छ । कार चोरीको हुन सक्ने प्रहरीको आशंका छ ।
गैरेले आफुले इण्डियास्थित कानपुरको एक हस्पिटलमा काम गर्ने गरेको र त्यो कार साथीको भएको बताएका छन् । लकडाउनले गर्दा कार छोड्न जान नभ्याएको भन्ने बयान उनले प्रहरी समक्ष गरेको प्रहरी अधिकारीले बताएका छन् ।
यसैबीच तीन बालकको शव पोष्ट मार्टम गर्नका लागि फोरेन्सिक एक्सपर्ट डाक्टर बुटबलबाट तुलसीपुर झिकाइएका छन् । इप्रका तुलसीपुरका प्रमुख डिएसपी सिंहले तुलसीपुरमा फोरेन्सिक एक्सपर्ट डाक्टर नभएको हुँदा शव पोष्ट मार्टमका लागि एक्सपर्ट बुटवलबाट झिकाउनु परेको जानकारी दिए ।
प्रहरीले बाँकेबाट घटना अनुसन्धान गर्न तालिम प्राप्त कुकुर र बिज्ञ प्राबिधिक समेत झिकाएको थियो । पोष्ट मार्टम रिपोर्ट पछि मात्रै तथ्य कुरा भन्न मिल्ने डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]