०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

३ बालक मृत्यु प्रकरण प्रहरीले कार चालक र धनी बिरुद्ध ज्यान मुद्दा दर्ता

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुरको स्याउली बजारमा शनिवार बेलुकी एउटै कार भित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनि र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ ।स्याउली बजारमा बिगत तीन महिनादेखि पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कार भित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ बर्ष मुनिका तीन जना बालकको शव फेला परेको थियो ।
घटना अनुसन्धानका लागि पक्राउ गरिएका कार धनि तुलसीपुर ६ का ३३ बर्षीय यादबप्रशाद गैरे र सोही वडाकै ५७ बर्षीय चालक पदमबहादुर बस्नतेलाई आइतबार प्रहरीले ज्यान शिर्षकमा मुद्दा चलाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिंहले गाडी धनि गैरे र चालक बस्नेतलाई पक्राउ पछि मुद्दा चलाएको जानकारी दिएका छन् । पक्राउ परेका ब्यक्तिहरुले माघ १ गते उक्त स्थानमा कार लक गरि पार्किङमा राखेको भन्ने बयान प्रहरी समक्ष गरेको सिंहले बताए ।
‘लक गरि राखेको कार भित्र तीन बालक कसरी भित्र छिर्न सके ? त्यहाँ नेर आशंका छ,’ डिएसपी सिंहले भने ‘ माघदेखि पार्किङ गेरर राखिएको कारको बत्ति कसरी बल्यो ? भन्ने कुरापनि संकाष्पद देखिएको छ।’
स्थानीयले प्रत्यक्षदर्सी धेरैले लामो समयदेखि पार्किङ गरि राखेको कारमा बेलुकी पख सबै बत्तिहरु ब्लेको देखेर त्यहाँ हेर्न गएका थिए ।
स्थानीयले हेर्दा कार भित्र तीन बालकको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । त्यस्तै इण्डियन नम्बर प्लेटको उक्त कार लामो सयमदेखि पार्किङमा राखिएको कुराले पनि आशंका जन्माएको प्रहरीले बताएको छ । कार चोरीको हुन सक्ने प्रहरीको आशंका छ ।
गैरेले आफुले इण्डियास्थित कानपुरको एक हस्पिटलमा काम गर्ने गरेको र त्यो कार साथीको भएको बताएका छन् । लकडाउनले गर्दा कार छोड्न जान नभ्याएको भन्ने बयान उनले प्रहरी समक्ष गरेको प्रहरी अधिकारीले बताएका छन् ।
यसैबीच तीन बालकको शव पोष्ट मार्टम गर्नका लागि फोरेन्सिक एक्सपर्ट डाक्टर बुटबलबाट तुलसीपुर झिकाइएका छन् । इप्रका तुलसीपुरका प्रमुख डिएसपी सिंहले तुलसीपुरमा फोरेन्सिक एक्सपर्ट डाक्टर नभएको हुँदा शव पोष्ट मार्टमका लागि एक्सपर्ट बुटवलबाट झिकाउनु परेको जानकारी दिए ।
प्रहरीले बाँकेबाट घटना अनुसन्धान गर्न तालिम प्राप्त कुकुर र बिज्ञ प्राबिधिक समेत झिकाएको थियो । पोष्ट मार्टम रिपोर्ट पछि मात्रै तथ्य कुरा भन्न मिल्ने डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!