१३ जेठ २०८१, आइतबार
26-05-2024 , Sun
×

सरकारले बैशाख २२ देखि अन्तराष्ट्रिय उडान बन्द गर्ने

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८


(ABC-Sanchar)
काठमाडौं । सरकारले सोमबार राति देखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ। यसअघि आइतबार नै आन्तरिक उडान कटौती गरिएको थियो।

सरकारले निशेधाज्ञा गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो। तर हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गर्नुभएको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रशिक्षार्थी दरबन्दी भएका ३३५ जना प्रहरी जवानहरुको सरुवा गरिएको हो । सूचनामा जेठ महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको उल्लेख छ । साथै आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम, सर्वद्वितीय एवम् सर्वतृतीय प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र […]