१३ जेठ २०८१, आइतबार
26-05-2024 , Sun
×

चार महिनादेखी बेपत्ता दाङका संचारकर्मी ओलीको कपडा सहित कंकाल फेला

Logo
प्रकाशित सोमबार, बैशाख २०, २०७८


ABC (क्राईमबिट)
दाङ । घोराहीमा गत माघ १५ गते देखि हराईरहेका रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वलीको कपडा र जुत्तासहित एउटा मानब कंकाल फेला परेको छ । सोमबार घोराही उपमहानगरपालिका वडा नंम्वर १६ को बाँघखोर सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले बताए ।
उक्त भेटिएको पाईन्ट,घडी,जुत्ता ओलीकै भएको परिवारले जनाएको छ ।शव गलेको अवस्थामा भेटिएकाले कंकाल ओलीको हो या हैन भन्ने पहिचान खुलेको छैन । अहिले डिएनए पहिचानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली गत १५ माघमा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्किएपछि उनि एकाएक सम्पर्क विहिन भएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको दाङ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गर्नुभएको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रशिक्षार्थी दरबन्दी भएका ३३५ जना प्रहरी जवानहरुको सरुवा गरिएको हो । सूचनामा जेठ महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको उल्लेख छ । साथै आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम, सर्वद्वितीय एवम् सर्वतृतीय प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र […]