०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

कारमा मृत फेला परेका ३ बालकको शरीरमा कुनै चोटपटक छैन SP : चन्द

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८


ABC (क्राईमबिट)
दाङ । तुलसीपुरको स्याउली बजारमा बैशाख १८ गते बेलुका एउटै कार भित्र मृत फेला परेका तीन बालकको शबको पोष्ट मार्टम भएको छ । पोष्ट मार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरिरमा कुनैपनि चोट पटक नदेखिएको भन्ने जानकारी आएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

दाङमा पोष्टमार्टम गर्ने बिशषेज्ञ नभएपछि बुटवलबाट तुलसीपुरमा बिशषेज्ञ डाक्टर झिकाएर मृतक तीनै जना बालकको पोष्ट मार्टम गरिएको थियो ।पोष्टमार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरिरमा कुनैपनि चोट पटक वा घाउ खत नरहेको कुरा जानकारी आएको एसपी चन्दले बताए ।

पोष्टमार्टम रिपोर्टले तीन बालकको मृत्यु कतब्र्य गरि हत्या भएको भन्ने नदेखिएको जानकारी दिए । तर, लक गरि राखेको कार भित्र तीन बच्चा कसरी भित्र पशे भन्ने कुरा रहस्यमय रहेको एसपी चन्दले बताए ।एसपी चन्दले भने – ‘ चालकले माघ १ गतेदखि कार लक गरि पार्किङमा राखेको हुँ भन्ने बयान गरेका छन्, त्यसो हो भने तीन बालक कसरी कार भित्र प्रबेश गरे त्यो कुरा रहस्यमय छ ।’

प्रहरीले कारको लक तोडेरै तीन बालकको शव बैशाख १८ गते राति मात्रै निकालेको थियो ।भारतीय नम्बर प्लेटको पार्किङ कार भित्र तीन बालक मृत अवस्थामा फेला परेपछि घटनाको सही ढंगले अनुसन्धान गर्न सकियोस भनेर प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर र तालिम प्राप्त प्राबिधिक ल्याएको थियो । उनीहरु आएर आफ्नो अनुसन्धान सकेपछि मात्रै प्रहरीले कारको लक फोडेर शवहरु झिकेको थियो ।

कारभित्र मृत भेटिएका तीन बालक तुलसीपुर ६ बरुवागाउँ निवासी ६ वर्षीय करण परियार , ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र ९ वर्षीय सन्दिप परियार रहेको प्रहरीले जनाएको छ ।

बैशाख १८ गते बेलुका स्थानीयले लामो समयदेखि पार्किङ गरि राखेको कारको सबै बत्तिहरु बलेको देखेपछि किन बत्ति बल्यो ? भनेर हेर्न भनेर गएपछि कार भित्र तीन बालकको शव देखेका थिए । चोट पटकले उनीहरुको मृत्यु भएको हैन भन्ने पोष्ट मार्टम रिपोर्टले देखाएपनि अरु कुन कारणले उनीहरुको मृत्यु भएको हो ? त्यो कुरा रिपोर्टले देखाउन सक्ने प्रहरीले आशा ब्यक्त गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र बैशाख १८ गते बेलुका तीन मृत अवस्थामा फेला परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!