२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया प्रहरीले मास्क नलगाएर हिन्ने ११२२ र ७८४ सवारी साधन कार्वाहीमा

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

(सागर थापा/महेन्द्र  प्रताप सिंह)
बर्दिया । स्थानीय प्रशासनले लकडाउनको बेला अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई कार्वाही गर्न सुरु गरेको छ । सोमबार बर्दियाको गुलरियामा विना मास्क भेटिएका ११ सय २२ जनालाई कारवाही गरेकाे छ ।

बर्दियाको मूख्य सडकमा विना मास्क निस्केका ११ सय २२ जनालाई एक सय रुपैयाँको दरले जरिवाना गरिएकाे छ । भने मोटरसाइकल ४१० वटा साइकल २३४ वटा चार पाङ्ग्रे सवारी साधन १४० वटा लाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको नेतृत्वमा बर्दियाकाे विभिन्न गाउँ टोल शहरमा खटेकाे प्रहरी टाेलीले विना मास्क निस्केकाहरुलाई कारवाही गरेकाे थियाे । मास्क लगाउ अभियान टाेलीमा नेपाल प्रहरी ट्राफिक प्रहरी सयुत सहभागिता रहेकाे थियाे ।

संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय बर्दियार्को निर्देशन अनुसार बर्दिया जिल्ला प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई एक घन्टा होल्ड गरि कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी कार्कीले बताएका छन ।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर एक पटकको लागि सय रुपैयाँ जरिवाना तिराउँने र समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छोडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी कार्कीले बताए ।

कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण सिमावर्ती जिल्ला नेपालगन्जको अवस्था भयावह बनिरहेको बेला स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न यस्तो अभियान गरिएको छ ।
प्रशासनले महामारीको प्रभावबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै भिडभाड नगर्न बर्दिया प्रशासनले सम्पूर्णलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!