०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

नेपाल पत्रकार महासंघ दाङको भनवलाई आइसोलेसन बनाउने

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको घोराहीस्थित भवनलाई आइसोलेसनका रुपमा विकाश गरिने भएको छ ।भवनको माथिल्लो तलामा आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको महासंघका दाङ शाखा अध्यक्ष दूर्गालाल केसीले जानकारी दिए ।‘तत्काल कोरोना संक्रमित पत्रकारलाई राख्नका लागि ५ बेडको अक्सिजनसहितको आइसोलेन निर्माण गर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले भने ‘ पछि आवश्यकता अनुसार अन्य फ्रन्टलाईनरहरुलाई पनि राख्ने गरि बेड थप्ने सोच छ ।’महासंघको सोमबार बसेको भर्चुअल बैठकले तत्काल संक्रमित पत्रकारका लागि अक्सिजनसहितको ५ शैयाको बेड निर्माण गर्ने निर्णय गरेको महासंघका दाङ शाखा उपाध्यक्ष सञ्तोष सुवेदीले जानकारी दिए ।‘बैठकले दिनहुँ कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको र अस्पतालहरुमा बिरामीका लागि बेडको अभाव हुन थालेको कुरा आइरहेको हुँदा पत्रकार लगाएत फ्रन्टलाईनरहरुलाई राखेर उपचार गर्नका लागि महासंघलाई आइसोलेसनका रुपमा बिकाश गर्ने निर्णय भएको हो,’ उपाध्यक्ष सुवेदीले भने ।
अहिलेको महामारीको समयमा दिनरात खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरूलाई पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै महासंघको भवनलाई आइसोलेसनका रुपमा बिकाश गर्ने निर्णय भएको सुवेदीले बताए ।
आइसोलेसन निर्माणका लागि आबश्यक सामग्री, उपकरण र जनशक्ति व्यवस्थापनका लागि विभिन्न निकायहरू संग समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।
महासंघका सचिव आरके शितलले स्थानीय तह, स्वास्थ्य संस्था, बिभिन्न व्यवसायिक तथा सामाजिक संघसंस्था र व्यक्तिहरू संग सहयोगका लागि अपिल गरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै, तराइका […]

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

error: Content is protected !!