०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

नेपाल पत्रकार महासंघ दाङको भनवलाई आइसोलेसन बनाउने

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको घोराहीस्थित भवनलाई आइसोलेसनका रुपमा विकाश गरिने भएको छ ।भवनको माथिल्लो तलामा आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको महासंघका दाङ शाखा अध्यक्ष दूर्गालाल केसीले जानकारी दिए ।‘तत्काल कोरोना संक्रमित पत्रकारलाई राख्नका लागि ५ बेडको अक्सिजनसहितको आइसोलेन निर्माण गर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले भने ‘ पछि आवश्यकता अनुसार अन्य फ्रन्टलाईनरहरुलाई पनि राख्ने गरि बेड थप्ने सोच छ ।’महासंघको सोमबार बसेको भर्चुअल बैठकले तत्काल संक्रमित पत्रकारका लागि अक्सिजनसहितको ५ शैयाको बेड निर्माण गर्ने निर्णय गरेको महासंघका दाङ शाखा उपाध्यक्ष सञ्तोष सुवेदीले जानकारी दिए ।‘बैठकले दिनहुँ कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको र अस्पतालहरुमा बिरामीका लागि बेडको अभाव हुन थालेको कुरा आइरहेको हुँदा पत्रकार लगाएत फ्रन्टलाईनरहरुलाई राखेर उपचार गर्नका लागि महासंघलाई आइसोलेसनका रुपमा बिकाश गर्ने निर्णय भएको हो,’ उपाध्यक्ष सुवेदीले भने ।
अहिलेको महामारीको समयमा दिनरात खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरूलाई पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै महासंघको भवनलाई आइसोलेसनका रुपमा बिकाश गर्ने निर्णय भएको सुवेदीले बताए ।
आइसोलेसन निर्माणका लागि आबश्यक सामग्री, उपकरण र जनशक्ति व्यवस्थापनका लागि विभिन्न निकायहरू संग समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।
महासंघका सचिव आरके शितलले स्थानीय तह, स्वास्थ्य संस्था, बिभिन्न व्यवसायिक तथा सामाजिक संघसंस्था र व्यक्तिहरू संग सहयोगका लागि अपिल गरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!