(महेन्द्र प्रताप सिंह)
बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने १२० जना पुरुष, ६५ जना महिला गरी जम्मा १८५ जना मनिस र १३६ वटा दुई पाङग्रे सवारी साधन., र ९० वटा चार पाङ्ग्रे सवारी साधनहरुलाई मंगलबार केही समय होल्ड गरी सम्झाई बुझाई गरी छाडिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।